PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

मानव बेचबिखनमा संलग्न कसुरदार ५ वर्षपछि पक्राउ



रासस

मानव बेचबिखनमा संलग्न कसुरदार ५ वर्षपछि पक्राउ

मेलम्ची: सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१३ छापभञ्ज्याङबाट मानव बेचबिखनमा संलग्न एक जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

आफ्नै नाताभित्रको एक महिलालाई बेचेको अभियोगमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाइएका छापभञ्ज्याङका २६ वर्षीय सुवास सार्की २०६९ चैत २८ गतेदेखि फरार रहेका थिए।

विशेष सूचनाका आधारमा प्रहरीले अभियुक्त सार्कीलाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए। सार्कीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत चौतारामा बुझाइने बताइएको छ।

मानव बेचबिखनमा निज अभियुक्तका बाबुछोरा नै संलग्न रहेका थिए। अहिले अभियुक्तका बाबु रामचन्द्र सार्की केन्द्रीय कारागार सुन्धारामा जेलजीवन काटिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell