धनुषा: पूर्व गृहमन्त्री विमलेन्द्र निधिले धनुषाको राजेश्वर निधि उच्च मावि केन्द्रबाट मतदान गरेका छन्। बिहान ८ बजे निधिले मतदान गरेका हुन्। नगराइन नगरपालिकाका लागि निधिले मतदान गरेका हुन्।
मतदानपछि उनले लामो समयपछि स्थानीय चुनामा मतदान गर्न पाउँदा खुसी भएको बताए। उनले मधेसी जनता पनि खुसी रहेका बताए।
उनले भने ‘लामो समयपछि मतदान गर्न पाएँ, खुसी छु। मधेसी जनता खुसी छन्।’
२० वर्षको प्रतीक्षापछि भइरहेको स्थानीय निर्वाचनमा मतदाताको उल्लासपूर्वक सहभागी छ। बिहानैदेखि मतदाता मतदानका लागि लाइनमा बसेका छन्।