PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

प्रदेश २ को निर्वाचनः दिउँसोको गर्मी छल्न बिहानै मतदाताको बाक्लो उपस्थिति

प्रदेश २ को निर्वाचनः दिउँसोको गर्मी छल्न बिहानै मतदाताको बाक्लो उपस्थिति

पहिलोपोस्ट /पहिलोपोस्ट


स्थानीय तहको तेस्रो चरणको चुनाव अन्तर्गत प्रदेश नम्बर २ का आठ जिल्लमा अहिले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ। आज १३६ स्थानीय तहका लागि मतदान हुँदैछ।

यो प्रदेशमा एक महानगर र दुई उपमहानगर रहेका छन्।  पर्सामा  वीरगन्ज महानगरपालिका रहेको छ भने जनकपुर र कलैया–जितपुर उपमहानगरपालिका हुन्। यसबाहेक ७३ नगरपालिका, ५९ गाउँपालिका र १ हजार २ सय वडामा जनप्रतिनिधि चुनिँदैछन्। कूल ६ हजार ६२७ पदका लागि ३६ हजार ९९३ जना उम्मेदवार चुनावमा भिड्दै छन्।

२० वर्षपछि हुन लागेको मतदानमा मतदाताको सहभागिता उल्लासपूर्ण छ। दिउँसो घर्मी हुने हुँदा बिहानै मतदाता लाइनमा पुगिसकेका छन्। पर्सा, धनुषा लगायतका जिल्लामा मतदाताको उपस्थिति हेर्नुस् फोटोमा।

फोटो: उमेश श्रेष्ठ र राधेश्याम पटेल



ट्रेन्डिङ पोस्ट

Ncell