
काठमाडौँ: तस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा बिहान ८ः३० बजेसम्म १५ प्रतिशत निर्वाचन भएको छ। निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्रका अनुसार १५ प्रतिशत मतदान भइसकेको छ।
मतदान साँझ ५ बजेसम्म जारी रहनेछ। प्रदेश नं. दुईका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन भइरहेको छ। निर्वाचनबाट ६ हजार ६२७ प्रतिनिधि निर्वाचित हुने छन्।
यसैबीच, सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ।