PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

कुन नेताले कहाँ गरे मतदान?



पहिलोपोस्ट

कुन नेताले कहाँ गरे मतदान?

काठमाडौं : बिहान ७ बजेदेखि प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय तहको निर्वाचन जारी छ। विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारण मतदाताले उत्साहपूर्वक मतदान गरिरहेका छन्। 

अहिलेसम्म नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव, नेता विमलेन्द्र निधि, राजपा अध्यक्ष राजेन्द्र महतो लगायतले आआफ्नो मतदान केन्द्रमा गएर मतदान गरिसकेका छन्। निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले समेत मतदान गरिसकेका छन्। 

कुन नेताले कहाँ मतदान गरे?

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बिहानै रौतहटको गौर नगरपालिका–२ स्थित जुद्ध माविमा रहेको मतदान केन्द्रमा गएर मतदान गरेका छन्। नेता नेपाल केही दिन अघि नै निर्वाचनका लागि काठमाडौंबाट रौतहट पुगेका थिए। 

नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले पनि भोट खसालेकी छिन्। यादवले सिरहाको सिरहा नगरपालिका १५ सुखसैना केन्द्रमा गएर भोट खसालेकी हुन्। 

पूर्व गृहमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधिले पनि मतदान गरिसकेका छन्। निर्वाचनको लागि धनुषा पुगेका निधिले नगराइन नगरपालिका २ स्थित राजेश्वर उच्च माविमा पुगेर भोट खसालेका हुन्। 

स्वाथ्यमन्त्री गिरिराजमणि पोखरेललेले बर्दिबास नगरपालिका–३, गौरीडाँडा मतदान केन्द्रबाट भोट खसालेका छन्।

राष्ट्रिय जनता पार्टिका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि भोट हालेका छन्। अध्यक्ष महतोले सर्लाही जिल्लामा भोट हालेका हुन्। उनले चन्द्रनगर नगरपालिका २ स्थित जनता उच्च माविमा रहेको मतदान केन्द्रमा मत हालेका हुन्।  

माओवादी केन्द्रका नेता एवम् शहकारी विकास मन्त्री प्रभु शाहले रौतहटको मौलापुर नगरपालिका–५ को मौलापुर केन्द्रबाट भोट खसाल्ने तयारीमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell