PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

मतदातालाई मौसमको साथ, एक जनाले मतदान गर्न ५ देखि ७ मिनेटसम्म

मतदातालाई मौसमको साथ, एक जनाले मतदान गर्न ५ देखि ७ मिनेटसम्म

पहिलोपोस्ट /पहिलोपोस्ट


धनुषा: तस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लामा आज मतदान भइरहेको छ। प्रदेश २ का १३६ स्थानीय तह निर्वाचन भइरहेको छ। मतदानमा बिहानैदेखि मतदाताको बाक्लो उपस्थिति छ। 

मतदानको गर्मी चढे पनि आइतबार रातिदेखि पानी परेकाले मौसमले मतदातालाई साथ दिएको छ। पानी परेर बादल लागेका कारण सूर्यको प्रभाव निकै कम छ। गर्मी छल्नका लागि मतदान बिहानै आफ्नो मतदान केन्द्रमा पुगेका छन्। 

एक मतदाताका लागि कम्तीमा ५ देखि ७ मिनेटसम्म समय लाग्ने गरेको छ।

स्थानीय तह निर्वाचनमा भाग लिने दलहरुको संख्या धेरै भएका कारण मतपत्र लामो छ। यस्तै, एकै मतपत्रमा सात स्थानमा छाप लगाउनु पर्ने भएकाले पनि मतदानका लागि समय बढी लाग्ने गरेको हो।

पूर्वराष्ट्रपति डा. रामवरण यादवको जन्मथलो धनुषाको लक्ष्मनिया सपहीमा उपस्थित मतदाताका केही तस्बिरहरु।
 


ट्रेन्डिङ पोस्ट

Ncell