PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

बेलायतमा आतङ्कवादको खतरा घट्दो क्रममा रहेको गृहमन्त्री रुदको दाबी



पहिलोपोस्ट

बेलायतमा आतङ्कवादको खतरा घट्दो क्रममा रहेको गृहमन्त्री रुदको दाबी
फोटो श्रोतः reuters.com

लण्डनः तीन दिन अघि लण्डनको एक भूमिगत रेलमा आक्रमण गरी ३० जना घाइते भएपनि बेलायतले आफ्नो देशमा आतङ्कवादी खतरामा कमी आएको जनाएको छ। 

बेलायती गृहमन्त्री अम्बर रुदले बेलायतमा आतङ्कवादीहरूले एकाध घटना गराएपनि समग्रमा यहाँको सुरक्षास्थिति मजबुत रहेको दाबी गरिन्।

उनले भनिन्,‘संयुक्त अधिराज्यमा आतङ्कवादीबाट रहेको खतराको तह ‘सङ्कटग्रस्त’ अवस्थाबाट केही सुधार भई ‘गम्भीर’ अवस्थामा आएको छ।’ 

बेलायतले लण्डनको भूमिगत रेलमा भएको घटनामा सम्लग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा अन्य केहीलाई खोजी गरिरहेको छ।  रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell