PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

चुडामणिको घरको गेट अगाडि अलपत्र दुई सिलिन्डर!



पहिलोपोस्ट

चुडामणिको घरको गेट अगाडि अलपत्र दुई सिलिन्डर!

काठमाडौं : आन्तरिक राजस्व विभागका निलम्वित महानिर्देशक चुडामणि शर्माको बुढानीलकण्ठस्थित घरको गेटमा २ वटा सङ्कास्पद ग्यास सिलिन्डर फेला परेका छन्। 

आइतवार राति गेटमा शङ्कास्पद अवस्था दुई वटा सिलिन्डर फेला गरेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी धानुकले बताए। 
'दुई वटा सिलिन्डर फेला पारेका हौं कसले र किन सिलिन्डर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ,' उनले भने।
आगो लगाउने प्रयास गरिए पनि सिलिन्डर भने बिस्फोट नभएको प्रहरीले जनाएको छ। 

चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित तीन जनाविरुद्ध विशेष अदालतमा १० अर्ब दुई करोड १९ लाख एक हजार ८२४ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell