PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

महन्थलाई मुटुको समस्या : पेसमेकर फेर्न केही दिनमा मेदान्त जाने तयारी



रमेश वाग्ले

महन्थलाई मुटुको समस्या : पेसमेकर फेर्न केही दिनमा मेदान्त जाने तयारी
फाइल फोटो

काठमाडौं : राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएर काठमाडौं फर्किएका छन्। निर्वाचनको प्रचारका लागि प्रदेश नम्बर-२ गएका ठाकुर स्वास्थ्यमा समस्या भएपछि हिजो साँझ नै काठमाडौं फर्किएका हुन्।

रक्तसञ्चार नियमित गर्न मुटुमा राखिएको पेसमेकर फेर्ने समय भएका कारण स्वास्थ्यमा केही समस्या भएपछि हिजो साँझ नै काठमाडौं ठाकुर काठमाडौं फर्किएका हुन्। ठाकुर अहिले घरमै आराम गरिरहेको राजपा सहमहामन्त्री डा सुरेन्द्र झाले बताए। 

'उहाँलाई स्वास्थ्यमा सामान्य समस्या देखिएकाले आराम आवश्यक भएकाले काठमाडौं जानुभएको हो,' झाले भने, 'उहाँ त्यही केही दिन आराम गरी फलोअपका लागि मेदान्त जानुहुनेछ।' झाले अहिले त्यस्तो गम्भीर समस्या नरहेको बताए।

सर्लाहीको मलंगवा नगरपालिकाको वडा नम्बर ८ को मोहरसिंह धर्मशाला मतदान केन्द्रका मतदाता ठाकुर प्रचार सकिएपछि भोट नहाली काठमाडौं फर्किएका हुन्। ठाकुर निर्वाचन प्रचारका लागि प्रदेश नम्बर दुईको सप्तरीबाट सुरु गरेर पर्सासम्म पुगेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell