PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

अमेरिकी र रुसी विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता, सिरिया संकटबारे कुराकानी



पहिलोपोस्ट

अमेरिकी र रुसी विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता, सिरिया संकटबारे कुराकानी
फोटो श्रोतः geo.tv

न्युयोर्कः अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभबीच सोमबार बिहान न्युयोर्कमा भेटवार्ता भएको छ। 

उनीहरु संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा सहभागिताका लागि न्युयोर्क पुगेका छन्। सोही क्रममा उनीहरुबीच भेटवार्ता भएको हो। 

रुसी विदेशमन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले दुई नेताबीच सिरियामा देखिएको राजनीतिक सङ्कटका विषयमा कुराकानी भएको जानकारी दिए। 

मध्यपूर्वमा देखिएको समस्या, मिन्स्क सम्झौता र सिरियामा देखिएको पछिल्लो समस्याका बारेमा भेटवार्ताका क्रममा कुराकानी भएको उनले बताए।
जेनेभामा भएको सहमति बमोजिम शान्तिपूर्ण माध्यमबाट सिरियाली समस्याको समाधान निकाल्ने तथा सैन्य कारबाहीका क्रियाकलापहरुलाई निरुत्साहित गर्ने विषयमा उनीहरुबीच कुराकानी भएको पनि प्रवक्ताले बताए। 

सिरियामा ६ वर्षभन्दा लामो समयदेखि हिंसा मच्चिएको छ। हिंसामा परी तीन लाखभन्दा बढीको ज्यान गएको छ। अरु लाखौँ व्यक्ति हिंसाको चपेटामा परेका छन्। 

महासभामा रुसी राष्ट्रपति पुटिन सहभागी नहुने 
यसैबीच, संयुक्त राष्ट्रसंघको महासभामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन्। तर उनका मकक्षी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने महासभामा सहभागी भएर आफ्ना धारणा राख्नेछन्। 

उत्तर कोरियाले बारम्बार गरिरहेको आणविक परीक्षण र त्यसको जवाफमा अमेरिकी राष्ट्रपतिले दिने जवाफ वा राष्ट्रसंघले नै यस विषयमा अख्तियार गर्ने रणनीतिलाई मुख्य आकर्षणका रुपमा हेरिएको छ। 

राष्ट्रसंघको ७२ औँ महासभा औपचारिक रुपमा यसैहप्ता सुरु हुँदैछ। यसको सम्पूर्ण तयारी पूरा भएको र यसका लागि विश्वका नेताहरु यहाँ आउने क्रम सुरु भएको र कतिपय आइसकेको न्युयोर्कबाट प्राप्त समाचारमा जनाइएको छ। रासस/एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell