PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

दुईजना नक्कली मतदाता पक्राउ



पहिलोपोस्ट

दुईजना नक्कली मतदाता पक्राउ

काठमाडौंः प्रदेश नम्बर-२ को स्थानीय तह निर्वाचनमा दुईजना नक्कली मतदाता पक्राउ परेका छन्। 

रौतहट र बारा जिल्लामा भोट हाल्न छिरेका नक्कली मतदातालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

‘रौतहट जिल्लाको गढिमाई नगरपालिकास्थित लक्ष्मीपुर गम्हरिया मतदान केन्द्रमा एक र बाराको पचरौटा नगरपालिका वडा नं. २, बिसम्बरास्थित नेरा प्रावि, विसम्बरा मतदान केन्द्रमा अर्को व्यक्तिको नाममा मतदान गर्न प्रयास गर्ने एक जना नक्कली मतदातालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ,’ निर्वाचन आयोगले भनेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell