PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

थपिँदै दुई राज्यमन्त्री : विराज विष्ट र कमला शर्मा मन्त्रिपरिषदमा 



पहिलोपोस्ट

काठमाडौं : ५४ सदस्यीय मन्त्रिपरिषदमा आज देखि दुई सदस्य थपिने भएका छन्। राप्रपा (प्रजातान्त्रिक)का तर्फबाट सांसदहरु विराज बिष्ट र कमला शर्मालाई राज्यमन्त्री बनाउन लागिएको हो। 

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै दुवै राज्यमन्त्रीलाई सपथ गराउन लागेका हुन्। राप्रपा प्रजातान्त्रिकले  विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा बिष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए। 

यसअघि बिष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। शर्मा भने पहिलोपटक राज्यमन्त्री हुन लागेकी हुन्। 

पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले उनीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको श्रेष्ठले जानकारी दिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell