PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

गोरखामा एक हजार दरका नक्कली नोट भेटिए, चनाखो भइ लेनदेन गर्न प्रशासनको आग्रह



पहिलोपोस्ट

गोरखाः गोरखा सदरमुकामका विभिन्न पसलमा एक हजार रुपैयाँको नक्कली नेपाली नोट फेला पर्न थालेको छ। 

एक हजार दरका नक्कली नोट ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको पाइएको व्यापारीले बताएका छन्। 

गोरखा नगरपालिका–७ बतासेका व्यापारी प्रकाश रोकाले भने,‘नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको नोटमा छैन, पसलमा ग्राहकले नक्कली नोट दिएर झुक्याए।’

नयाँ बजारस्थित ओमशंकर स्टोरमा आइतबार नक्कली नोट फेला परेको थियो। नयाँबजारकै जनमुखी सहकारीमा पनि एक हजारकै नक्कली नोट फेला परेको छ। नक्कली नोटको बिगबिगी बढेपछि व्यापारी र जनतालाई चनाखो रहन, नोट राम्रोसँग हेरेर मात्रै लेनदेन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। 

नक्कली नोटको कारोबार गर्नेको खोजी शुरु गरिएको प्रहरीले जनाएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell