PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

भारतको आसाममा डुंगा दुर्घटना, १० जनाको मृत्यु



पहिलोपोस्ट

भारतको आसाममा डुंगा दुर्घटना, १० जनाको मृत्यु

नयाँदिल्लीः भारतको उत्तरीपूर्वी राज्य आसाममा भएको डुंगा दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ।

आसामको सबानजोरिया नदीबाट १० जनाको शव निकालिएको अधिकारीहरुले जानकारी दिएका छन्। 
मारिनेमा पाँच बालबालिका र दुई नाबालकसमेत छन्। 

आसामा राज्यको प्रान्तीय सहर दिसपुरबाट १९० किलोमिटर पश्चिममा रहेको गोलपारा जिल्लामा दुर्घटना भएको थियो। 

आइतबार भएको डुंगा दौड प्रतियोगिता हेरेर घर फर्किरहेकाहरु दुर्घटनामा परेका जनाइएको छ। 

गत हप्ता पनि उत्तर प्रदेशमा भएको दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो।रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell