PahiloPost

Jul 24, 2025 | ९ साउन २०८२

इन्डियन मिडियाको चर्चै बढी : हनीप्रितबारे छैन जानकारी



पहिलोपोस्ट

इन्डियन मिडियाको चर्चै बढी : हनीप्रितबारे छैन जानकारी

काठमाडौ : राम रहिम समातिएपछि भारतीय न्युज च्यानल टीआरपी बढाउन सक्रिय छन्। त्यही क्रममा केही दिन यता लगातार राम रहिमकी छोरी भनिने हनी प्रित नेपाल छिरेको समाचारले टेलिभिजनमा चर्चा पाइरहेको छ। कतिसम्म भने आज तक र एबीपी जस्ता चलेका न्युज च्यानललेसमेत भन्न थालेका छन् – हनी प्रितको खोजीमा नेपाल प्रहरी समेत जुटेको छ। भारतीय सुरक्षाकर्मीलाई सघाइरहेको छ।

तर, बलात्कारी बाबा राम रहीमकी छोरी भनिएकी हनीप्रीत नेपाल आएको बारे कुनै जानकारी नभएको नेपाल प्रहरीले जानकारी दिएको छ । भारतीय प्रहरीले हनीलाई रहिमलाई लुकाउन सहयोग गरेको र दंगा भड्काएको भन्दै खोजी गरिरहेको छ। 

भारतीय संचारमाध्यमहरुले हनी महेन्द्रनगर हुँदै पुर्वी नेपाल आएर लुकेर बसेको दावी गर्दै आएका छन् । 'हामीलाई भारतीय प्रहरीले खोज्ने सहयोग मागेको पनि छैन, उनी नेपाल आएको पनि कुनै जानकारी छैन,' नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपाने बताए। यौन शोषणको अभियोग प्रमाणित भएपछि बाबा २५ अगष्टदेखि जेलमा छन्। त्यही समयदेखि नै हनी प्रित फरार छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell