काठमाडौं: फिल्म 'सुनकेसरी'को युनिटले अस्ट्रेलियामा शुभमुर्हुत गरेको छ। सिड्नीमा कार्यक्रम आयोजना गरी फिल्मको औपचारिक निर्माण घोषणासँगै शुभसाइत गरिएको जानकारी दिए। निर्माणका लागि नेपालबाट निर्मात्री एवं नायिका ऋचा शर्मा र निर्देशक अर्पण थापा अस्ट्रेलिया पुगेका छन्।
फिल्मलाई भिम न्यौपाने र ऋचा शर्माले संयुक्त लगानीमा निर्माण गर्न लागेका हुन्। अर्पण थापाको निर्देशन रहने फिल्ममा तीन पात्रहरुको भूतप्रेतमाथिको विश्वासको कथा देखाइने छ। सुनकेसरीमा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल र भिम न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहेको छ।
अस्ट्रेलियन प्राविधिकहरु समेटिएको छ फिल्मको रिलिज टार्गेट सन् २०१८ को मध्य राखिएको छ। फिल्कको छायांकन अस्ट्रेलिया र नेपाल हुने छ।