PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

अब सबै प्रदेशमा पिछडिएको क्षेत्र 



आकाश क्षेत्री

अब सबै प्रदेशमा पिछडिएको क्षेत्र 

काठमाडौं : प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि बनेको विधेयकमा पिछडिएका क्षेत्र र अल्पसंख्यक सामुदाय गरी दुईवटा क्लस्टर थपिने भएको छ। 

आज बसेको मन्त्रिपरिषद बैठकले 'प्रदेश सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४' मा संविधानमा व्यवस्था भएको पिछडिएको क्षेत्र र अल्पसंख्यक समुदाय छुटेकाले यसलार्इ थप्न संशोधनमा लैजाने निर्णय गरेको हो। 

भदौ २२ गते राष्ट्रपतिद्वारा प्रमाणिकरण गरिएको 'प्रदेश सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४' पिछडिएको क्षेत्र भन्ने व्यवस्था हटाइएको भन्दै संसदभित्र र संसद बाहिरसमेत विरोध भएको थियो। पिछडिएको क्षेत्र भनेर कर्णाली लगायतका क्षेत्रलाईमात्र परिभाषित गरिएका कारण विधेयकमा जानी जानी छुटाएको आरोप लगाइएको थियो।

सूचना तथा संञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि तयार पारिएको विधेयकमा पिछडिएको क्षेत्र र अल्पसंख्यक सामुदाय तोकेर नेपाल राजपत्रमा सूचना सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell