PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

एक बजेसम्म ५३ प्रतिशत मतदान, सर्लाही र रौतहटमा ६० प्रतिशत भोट खसिसक्यो



पहिलोपोस्ट

एक बजेसम्म ५३ प्रतिशत मतदान, सर्लाही र रौतहटमा ६० प्रतिशत भोट खसिसक्यो

काठमाडौं: स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर-२मा दिउँसो १ बजेसम्म करिब ५३ प्रतिशत मतदान भएको  छ। निर्वाचन आयोगले संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)मा प्राप्त जानकारी अनुसार दिउँसो १ बजेसम्म औशतमा ५३ प्रतिशत मतदात भएको हो।

आयोगले दिएको जानकारीअनुसार सप्तरीमा ५० प्रतिशत, सिरहामा ५० प्रतिशत, धनुषामा ४५ प्रतिशत, रौतहटमा ६० प्रतिशत, महोत्तरीमा ५० प्रतिशत, बारामा ५० प्रतिशत, पर्सामा ५५ प्रतिशत र सर्लाहीमा ६० प्रतिशत मतदान भएको छ।

आज अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताहरूले मतदान गर्न पाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell