PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

चुनाव प्रचारमा व्यस्त रहेका निखिल उप्रेतीले किन हालेनन् भोट?



पहिलोपोस्ट

चुनाव प्रचारमा व्यस्त रहेका निखिल उप्रेतीले किन हालेनन् भोट?

मौन अवधी सुरु हुनु अघिसम्म अभिनेता निखिल उप्रेती गृह जिल्ला सर्लाहीमा स्थानिय तहको चुनाव प्रचार प्रसारमा व्यस्त थिए। उनी प्रचार सामाग्री सहित बरहथवा नगरपालिकामा नेकपा एमालेकोतर्फबाट मेयर उम्मेद्वार कलाकार कल्पना कटुवालको समर्थनमा देखिए। तर मौन अवधी सुरु भएसँगै उनी काठमाडौं फर्किए।



सर्लाहीकै भोटर लिस्टमा नाम भएका निखिलले किन हालेनन् भोट?

'निकै अर्जेन्ट व्यक्तिगत काम पर्यो। त्यसैले चुनावमा भोट खसाल्न पाईंन। तर चुनावको महत्व बुझेरै प्रचार प्रसारमा भने सक्रिय रहें,' उप्रेती मतदानलाई नागरिकले पाएको सबैभन्दा महत्वपूर्ण अधिकार मान्छन्। 'तर कहिले काही समस्या नै त्यस्तै पर्छ,' कल्पना कटुवालको प्रचारका लागि सडकमा उत्रिएर जनतासँग सेल्फील खिच्दै लागिपर्नु बारे उनले भने,' उहाँ मेरो दिदी हो। र उहाँमा आफ्नोपन भावनासँगै उहाँमा नेतृत्व क्षमता पनि देखेको छु।'

कलाकार कल्पना कटुवाल यतिबेला प्रदेश नम्बर २ मा जारी स्थानीय तहको निर्वाचनमा मैदानमा उत्रिएकी छिन्। सर्लाही बरहथवा नगरपालिकामा नेकपा एमालेकोतर्फबाट उनी मेयर पदको लागि उम्मेद्वार रहेकी हुन्।



फिल्म 'भैरव'मार्फत नेपाली फिल्म इन्डस्ट्रीमा चरित्र अभिनेत्रीको रुपमा उनले डेब्यु गरेकी हुन्। यसअघि शिक्षण पेशामा रहेकी उनी समाजसेवी पनि रहेकी उप्रेतीले जानकारी दिए।

उनी 'रुद्र' अभिनेता विश्व शर्माकी आमा हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell