PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

पूर्वप्रधानमन्त्री नवाज शरिफकी श्रीमती लाहोरको संसद सदस्यमा  विजयी



पहिलोपोस्ट

पूर्वप्रधानमन्त्री नवाज शरिफकी श्रीमती लाहोरको संसद सदस्यमा  विजयी
फोटो श्रोतः aninews.in

इस्लामावादः पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफकी श्रीमती लहोरमा भएको संसदीय उपनिर्वाचनमा विजयी भएकी छन्।

पाकिस्तानको सर्वोच्च अदालतबाट गत जुलाइमा पद सम्हाल्न अयोग्य ठहर गरी हटाइएका प्रधानमन्त्री शरिफकी श्रीमतीले उनकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएकी थिइन्। 

सोमबार बिहान सार्वजनिक गरिएको अनौपचारिक नतिजाअनुसार कुलसूम नवाजले आफ्ना निकटतम प्रतिद्वन्द्वीले भन्दा करिब १५ हजार मत बढी ल्याएकी छन्। उनले ६१ हजार २५४ मत प्राप्त गरेकी छन्। 

पूर्वप्रधानमन्त्री शरिफको राजीनामापछि नै उक्त निर्वाचन क्षेत्रमा उपचुनाव भएको थियो। चुनावमा सत्तारुढ पीएमएलएन पार्टीबाटै उठेर उनी विजयी भएकी हुन्। 

कुलसुम क्यान्सर रोगबाट पीडित छिन्। उनी लण्डनको एक अस्पतालमा उपचाररत छिन्। आफूले विजय हासिल गरेको खबर थाहा पाएपछि कुलसुमले आफूलाई मतदिने मतदाताहरुलाई धन्यवाद दिएकी छन्। 

विजयपछि पाकिस्तानको सत्तारुढ दल पिएमएलएनले चुनावी नतिजाले नवाज शरिफलाई भ्रष्टाचारको मुद्दामा राजनीतिक षड्यन्त्रको शिकार बनाइएको पुष्टि गरेको प्रतिक्रिया दिएको छ।रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell