PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

भरतपुर महानगरपालिकाभित्र तीन पाँग्रे सवारीमा जोरविजोर लागू



पहिलोपोस्ट

भरतपुर महानगरपालिकाभित्र तीन पाँग्रे सवारीमा जोरविजोर लागू

चितवन : भरतपुर महानगरपालिकामा सञ्चालित तीन पाङ्ग्रे सवारी साधनमा जोरविजोर लागू भएको छ।

आइतबारदेखि जोरविजोर प्रणाली लागू गरेको हो। यसको विरोध गर्दै चालकले सडक अवरुद्ध पारेका छन्। उनीहरुले महानगरपालिकाको मूलगेटमा सवारी साधन राखेर विरोध गरे। चालक रामशरण पौडेलले यो प्रणाली लागू गर्ने भए सबै सवारीमा लागू हुनुपर्ने बताए।
 
चालकहरुले पूर्व पश्चिम राजमार्गमा पर्ने भरतपुरको चौबिसकोठी, मुख्य बजार नारायणगढलगायतका ठाउँमा आफ्नो सवारी तेर्साएर यातायात अवरुद्ध पारेका थिए। महानगरपालिकाको बोर्ड बैठकले असोज १ गतेदेखि बजार क्षेत्रमा सञ्चालन हुने तीन पाङ्ग्रे सवारी जोर बिजोरमा सञ्चालन गर्नुपर्ने नियम बनाएको थियो। महानगरपालिकाको निर्णय कार्यान्वयन गराउन ट्राफिक प्रहरीले जोर नम्बर प्लेट भएका तीन पाङ्ग्रे सवारी साधनको चाबी नियन्त्रणमा लिन सुरु गरेको छ।
 
मनपरी रुपमा रुट परमिट दिने र सवारी धेरै भन्दै जोर बिजोर प्रणाली लागू गरेर यातायात मजदुरहलाई विस्थापित गराउन खोजेको उनीहरुको आरोप छ। यसका साथै अव्यवस्थित पार्किङसमेत हटाउने तयारी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको। पार्किङ व्यवस्थापन गर्नको लागि महानगरपालिकाले बजारको विभिन्न ठाउँमा जग्गा खरिद गरिसकेको ट्राफिक प्रहरी कार्यालय जनाएको छ। 
 
महानगरपालिकामा करिब दुई हजारभन्दा बढी तीन पाङ्ग्रे सवारी रहेका छन्। तीन पाङ्ग्रे सवारी साधन अत्यधिक भएपछि ट्राफिक दुर्घटना बढ्नुको साथै बजार व्यवस्थापनमा समस्या परेकोले जोर विजोर नम्बर प्रणाली लागू गरिएको महानगरपालिकाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell