PahiloPost

Oct 11, 2025 | २५ असोज २०८२

मधेशमा उत्साहपूर्ण मतदान, ७० प्रतिशत कटेको आयोगको प्रारम्‍भीक अनुमान



सविन ढकाल

मधेशमा उत्साहपूर्ण मतदान, ७० प्रतिशत कटेको आयोगको प्रारम्‍भीक अनुमान

काठमाडौं : प्रदेश नम्बर २ मा भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। मतदानका लागि आज बिहान ७ बजेदेखि ५ बजेसम्मको समय तोकिएको थियो। 

केही मतदान केन्द्रमा  लाइनमा बसिरहेका मतदाता बाहेक ८ जिल्लामा निर्वाचन सम्पन्न भएको आयोगका प्रवक्ता नवराज ढकालले पहिलोपोस्टसँग बताए। अहिलेसम्मको प्रारम्भीक तथ्याङ्क अनुसार निर्वाचन भएका क्षेत्रमा ७० प्रतिशतभन्दा बढी मत खसेको हुनसक्ने प्रवक्ता ढकालले बताए। 

'मतदाताको सहभागिता निकै उत्साहजनक पाइयो। ७० प्रतिशतभन्दा बढी मत खसेको हुनुपर्छ,' उनले भने। 

मतदान सकिएको घोषणासहित मतदान अधिकृतले सील लगाउने, मतपेटिका बाहिरका मतपत्र खामबन्दी गर्ने, मतपेटिका सुरक्षासहित मतगणनास्थल लैजाने लगायतका प्रकृया सुरु भइसकेको छ। निर्वाचन आयोगले सात दिनभित्र सबै तहको मतपरिणाम आइसक्ने जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell