
रामल्लाह : संयुक्त राष्ट्रसंघका प्यालेष्टाइनस्थित मानवीय सहयोग संयोजकले प्यालेष्टिनी भूभाग गाजा क्षेत्रका लागि थप सहयोग गर्ने बताएका छन्।
संयुक्त राष्ट्रसंघले उक्त क्षेत्रमा आधारभूत सामग्रीहरुको अभाव हुन नदिन थप सहयोग गर्ने बताएको हो।
संयुक्त राष्ट्रसंघका प्यालेष्टाइनस्थितामा मानवीय सहयोग संयोजक रोवर्ट पाइपरका अनुसार गाजा क्षेत्रमा अतिआवश्यकीय मानवीय सहयोगको अभाव हुन नदिन २५ लाख अमेरिकी डलर बराबरको थप सहयोग प्राप्त हुनेभएको हो।
पाइपरले सहयोगले स्वास्थ्य, खानेपानी, तथा सरसफाइ आयोजनाको सञ्चालन गर्न, इन्धन तथा औषधिजन्य सामग्रीको व्यवस्था गर्न पछिल्लो सहयोग दिइएको जानकारी दिए।
गाजामा लामो समयदेखि ऊर्जा संकट जारी छ। अहिले गाजा क्षेत्रमा मात्रै २५ प्रतिशत विद्युत् आपूर्ति हुने गरेको विज्ञप्तिमा उल्लेख छ। उक्त क्षेत्रमा सहयोगका लागि भने कम्तीमा पनि दुई करोड ५० लाख अमेरिकी डलर माग गरिएको थियो। रासस/सिन्ह्वा