PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

कर्मचारीले नै एमालेका लागि भोट मागेपछि हंगामा, मतदान स्थगित



राधेश्याम पटेल

कर्मचारीले नै एमालेका लागि भोट मागेपछि हंगामा, मतदान स्थगित
मतदानमा लामवद्ध मतदाता।

वीरगञ्ज : सहायक मतदान अधिकृतले नै भोट मागेपछि पर्साको एक मतदान केन्द्रमा निर्वाचन अवरुद्ध भएको छ। 

बहुदरमाई नगरपालिको वडा नम्वर ९ स्थित गमरिया टोलको मतदान केन्द्रमा खटिएका सहायक अधिकृत शिवप्रसाद खतिवडाले नेकपा एमालेको पक्षमा भोट माग्दै गरेपछि स्थानीयले विरोध गरेका थिए। 

विरोधपछि निर्वाचन अवरुद्ध भएको छ। निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठले एमालेको पक्षमा भोट माग्ने खतिवडालार्इ प्रहरीको जिम्मा लगाइसकेको र अबको केही समयमा नै निर्वाचन सुचारु हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell