PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

संविधान कार्यान्वयनमा एकाकार हुन सभामुखको आह्वान



रमेश वाग्ले

संविधान कार्यान्वयनमा एकाकार हुन सभामुखको आह्वान

काठमाडौं : संविधान कार्यान्वनमा एकाकार हुन सभामुख ओनसरी घर्तीले नेता तथा सम्बद्ध सबै पक्षलाई आह्वान गरेकी छिन्। तेस्रो संविधान दिवसको अवसरमा आयोजित समारोहलाई संक्षिप्त सम्बोधन गर्दै घर्तीले नेताहरुलाई यस्तो आह्वान गरेकी हुन्।

'संघीयता, समावेशी लगायतका संविधानसभाबाट जारी संविधानका उपलब्धिहरुलाई संस्थागत गर्नु अबको चुनौती हो,' सभामुख घर्तीले भनिन्, 'संविधानको प्रभावकारी कार्यान्वयन र समृद्धिको अभियानमा एकाकार हुन म म सबैको ध्यानाकर्षण गराउँछु।' 

उनले स्थानीय निर्वाचनसँगै संविधान कार्यान्वयन अघि बढेको भन्दै यसलाई प्रभावकारी रुपमा पूर्ण कार्यान्वयन आवश्यक रहेको बताइन्। 
'स्थानीय तहको आज भएको तेस्रो चरणको निर्वाचनसँगै संविधान कार्यान्वयनको महत्वपूर्ण खुडकिलो पार भएको छ,' सभामुख घर्तीले भनिन्, 'अब प्रदेश सभा र प्रतिनिधि सभाका दुई निर्वाचन संविधान कार्यान्वयनको दृष्टिकोणले एकदमै महत्वूर्ण छन्।'

जनयुद्धलाई केन्द्रविन्दुमा राखेर सम्बोधन गरेकी सभामुख घर्तीले छोटो मन्तव्य राखेर संविधान जारी गर्ने भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिन्। 'जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन र जनजाति आन्दोल गरी संविधान ल्याउन भूमिका निर्वाह गर्ने तमाम योद्धाप्रति हार्दिक सम्मान प्रकट गर्दछु,' घर्तीले भनिन्, 'संघीय गणतन्त्र प्राप्तिका लागि ज्यान उत्सर्ग गर्ने तमाम शहीदहरुप्रति म हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु।'

'संसद सफल भएको छ'

सभामुख घर्तीले संविधान जारी गरेपछिको रुपान्तरित संसद्ले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यसबीचमा महत्वपूर्ण विषयमा संसद्ले छलफलसमेत गरेको बताइन्। 'मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने देवानी संहिता तथा कार्यविधि, निर्वाचन कानुनहरु बनाउन यो रुपान्तरित संसदले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,' घर्तीले भनिन्, 'देवानी संहिता तथा देवानी कार्यविधि समेत अब बस्ने संसदबाट चाडै पारित हुने मैले अपेक्षा गरेको छु।' उनले यी सबै कामका कारण संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसद सफल भएको बताइन्।
सभामुखले आयोजना गरेको संविधान दिवस विशेष समारोहमा राष्ट्रपतिसहित उच्च पदस्थ कर्मचारी सहभागी थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell