PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

स्थानीय तहको निर्वाचन सम्पन्न, प्रदेश २ मा ७३ प्रतिशत मत खस्यो



आकाश क्षेत्री

स्थानीय तहको निर्वाचन सम्पन्न, प्रदेश २ मा ७३ प्रतिशत मत खस्यो

काठमाडौं : झन्डै दुई दशकसम्म रिक्त रहेको स्थानीय तह आजको निर्वाचनबाट पूर्ण हुने भएको छ। आज प्रदेश नम्बर २ मा तेस्रो चरणमा निर्वाचन भएको हो। निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै सफल रुपमा निर्वाचन सम्पन्न भएको जनाएको छ। आयोगले ५ दिनमा मत परिणाम सार्वजनिक गरिसक्ने जनाएको छ।

तेस्रो चरणमा ७३ प्रतिशत मत

निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै प्रदेश नम्बर-२ मा ७३ प्रतिशत मत खसेको जानकारी दियो। आयोगले मतदान सकिए लगत्तै विशेष पत्रकार सम्मेलन निर्वाचन भव्यरुपमा सम्पन्न भएको जनाएको हो।

आयोगले प्रदेश नम्बर-२ मा तुलनात्मक रुपमा अझ बढी शान्तिपूर्ण र उत्साहपूर्ण रुपमा मतदान भएको दावी गर्योर। प्रदेश नम्बर २को स्थानीय तह निर्वाचनमा ३८ जना नक्कली मदाता र १० जना कानुन उल्लंघन गर्ने व्यक्तिलाई  पक्राउ गरिएको आयोगले जनाएको छ।

'निर्वाचन आयोगमा प्राप्त तथ्यांक अनुसार प्रदेश नम्बर दुईका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा ७३ प्रतिशत मत खसेको छ,'  प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले भने,  'प्रदेश नम्बर दुईमा निर्वाचन शान्त र उत्साहपूर्ण भएको छ।' 

उनले स्थानीय तहको तेस्रो चरणको मतदान सम्पन्न भएसँगै संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो पार भएको बताए।

'मतदान कार्य सम्पन्न भएर मतपेटिका निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम सुरु भएको छ। पाँच दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ,' प्रमुख आयुक्त यादवले भने। उनले महिला र दलित समुदायको उत्साहपूर्ण सहभागिताले आयोग हर्षित भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell