
काठमाडौँः मिस एअर होस्टेज–२०१७ को ताज धरानकी १९ वर्षीया रीवा लिम्बूले पहिरिएकी छन्।
सिजन मिडियाद्वारा आयोजित ‘मिस एअर होस्टेस’को चौथो संस्करणमा आफ्ना ३४ प्रतिस्पर्धीलाई पछि पार्दै लिम्बूले उपाधि चुमेकी हुन्।
विजेता लिम्बूले २५ हजार रुपैयाँ र वसुन्धरास्थित साउथ वेष्टर्न कलेजमा उच्च शिक्षा अध्ययनका लागि एक लाख बराबरको छात्रवृत्ति तथा एभियशन म्युजियममा रोजगारीको अवसर प्राप्त गरेकी छन्।
त्यस्तै कलंकीकी ‘फस्ट रनर अप’ सिजुसिंह ठकुरीले १५ हजार र ‘वेष्ट ड्रेस’को उपाधि प्राप्त गरिन् भने ‘सेकेण्ड रनर अप’ मोनालिसा पाख्रिनले ‘मिस पर्सनालिटी’को अवार्ड पाइन्।
उनले १० हजारका साथै साउथ वेष्टर्न कलेजमा रु एक लाख बराबरको छात्रवृत्ति पनि पाइन्। मुख्य निर्णायकका रुपमा नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा थिए।रासस