PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

दुईलाख रुपैयाँ नगदसहित ६ जना जुवाडे पक्राउ



पहिलोपोस्ट

दुईलाख रुपैयाँ नगदसहित ६ जना जुवाडे पक्राउ

पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले जुवा खेलिरहेको अवस्थामा छ जनालाई रु दुई लाख २६ हजार ६१५ नगदसहित पक्राउ गरेको छ।

पोखरा लेखनाथ महानगरपालिका–१५, टुटुङगास्थित शम्शेर गुरुङको घरमा जुवा खेलिरहेको सुराकीको आधारमा गएको प्रहरी टोलीले वडा नं १६ का बालकृष्ण गुरुङ, ओमबहादुर गुरुङ, इमानसिंह गुरुङ, वडा नं १ बगरका शेरबहादुर गुरुङ, वडा नं १४, चाउथेका यामबहादुर गुरुङ र घरधनी शम्शेर गुरुङलाई पक्राउ गरिएको प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए।

उनका अनुसार पक्राउ गरिएका सबैलाई जिल्ला अदालत कास्कीबाट सोमबारै जुवा मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell