PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाने



पहिलोपोस्ट

राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाने

काठमाडौँ: संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा आज न्युयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री देउवाले सेप्टेम्बर २३ मा महासभाको बैठकलाई सम्वोधन गर्ने कार्यक्रम छ।

भ्रमणको अवधिमा प्रधानमन्त्री देउवाले सार्क मुलुकको राष्ट्र प्रमुख तथा प्रधानमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, महिला बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराई लगायत सहभागी हुनेछन्।

महासभामा भाग लिएर प्रधानमन्त्री देउवासहितको टोली सेप्टेम्बर २८ मा स्वदेश फर्कने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell