राजविराज: प्रदेश नं २ को तेस्रो चरणको स्थानीय तह निर्वाचन सकिएपछि सप्तरीमा आज बिहानदेखि विभिन्न स्थानीय तहको मतगणना सुरु भएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार विहान ९ः०० बजेसम्मको प्रारम्भिक मतगणनामा खडक नगरपालिकामा नेपाली काँग्रेस पहिलो, नेपाल लोकतान्त्रिक फोरम दोस्रो र नेकपा (एमाले) तेस्रो स्थानमा रहेका छन्।
कांग्रेसले ११४, नेपाल लोकतान्त्रिक फोरम ६३ र एमालेले ५७ मत प्राप्त गरेको बताइएको छ।
यस्तै, सप्तकोशी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले १८७ मत ल्याएर पहिलो स्थानमा, नेकपा (एमाले) पछ्याउँदै १६५ मत लिएर दोस्रो, नेपाल लोकतान्त्रिक फोरम भने १८ मत ल्याएर तेस्रो स्थानमा रहेको छ।
यसैबीच, जिल्लाको विष्णुपुर गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र सुरुंगा नगरपालिकामा मतगणना विहान सुरु भएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत महेश ठाकुरले बताए। रासस