PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

जापानमा नेपाली कराते टोलीलाई ४ पदक



पहिलोपोस्ट

जापानमा नेपाली कराते टोलीलाई ४ पदक

काठमाडौं: जापानको फुकुवका शहरमा भएको १२औं 'सिजि निशिमुरा मात्सुरी फ्रेण्ड्शिप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता'मा नेपालले ४ पदक जितेको छ।

पुरुष ४५ केजी तौल समूहका लागि बिकबहादुर थामीले कुमुतेमा स्वर्ण र कातातर्फ एक कास्य पदक जिते। त्यस्तै पुरुष ५० केजी तौल समूहमा नेपालका तर्फबाट पुरुषोत्तम पोखरेलले १ कास्य पदक र महिला ५० केजी तौल समूहमा रिमला राईले एक रजत पदक जितेका हुन्। त्यस्तै ३५ केजी तौल समूहका लागि सहभागी रहेकी कुइसाङ लामा भने अमेरिकी खेलाडीसँग क्वाटरफाइनलमा पराजित भए।



जापानमा भएको उक्त प्रतियोगितामा नेपाल, जापान, अमेरिका, मलेसिया, भारत, इन्डोनेसिया, क्यानडा लगायत १० राष्ट्रले सहभागिता जनाएका थिए। प्रतियोगिताको अघिल्लो संस्करणमा नेपाली खेलाडी रोएकता सिंहले नेपाललाई एक कास्य पदक दिलाएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell