PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

गायक सञ्जीव सिंहको ‘गोरखपुर रेल’ सार्वजनिक



पहिलोपोस्ट

गायक सञ्जीव सिंहको ‘गोरखपुर रेल’ सार्वजनिक

काठमाडौं: गायक सञ्जीव सिंहको ११ औं एकल गीति एल्बम ‘गोरखपुर रेल’ सार्वजनिक भएको छ। स्टेरियो रेकर्डसले सोमबारदेखि उनको नयाँ एल्बम बजारमा उपलब्ध गराएको हो।

एल्बममा गायक सञ्जीव सिंहकै शब्द तथा संगीत रहेका पाँचवटा गीत समावेश छन्। एल्बममा गोखरपुर रेल, अन्तिम गीत, कलाकारको बलात्कार, यो हावाले तथा सम्झना आइरह्यो शीर्षकका गीतहरु सुन्न सकिन्छ। सुदीप सिंहद्वारा संगीत संयोजन गरिएका एल्बमका गीतहरु काठमाडौंको अनामनगरस्थित ट्यून्स ५८ स्टुडियोमा रेकर्डिष्टद्वय मानिकमान सिंह तथा सुरजलाल जोशीले रेकर्ड गरेका हुन्। एल्बमका गीतहरु सुरजलाल जोशीले मिक्सिङ गरेका हुन्।

गायक सिंहले एकल एल्बमसंगै एल्बमको शीर्षक गीत ‘गोखरपुर रेल’ को म्युजिक भिडियो पनि प्रिमियर गरेका छन्। नेत्रजंग पाण्डेद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा मिलन मिश्र तथा अर्पणा रानाभाटको फिचरिङ रहेको छ। बिनोद केसीद्वारा छायांकन गरिएको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन्। अस्ट्रेलियाको ब्रिसबेनस्थित गोल्डेन टाइम्स मिडियाले उक्त भिडियो निर्माण गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell