काठमाडौं : फिल्म ‘अमेरिकन बाबु मेड इन नेपाल’को पोस्टर सार्वजनिक भएको छ। प्रचारक लागि फिल्मले एकसाथ दुई थिम पोस्टर सार्वजनिक गरेको हो।
ईश्वर थापा निर्देशित फिल्मको छायांकन अमेरिकामा भएको हो। जसलाई शम्भु मोक्तानले खिचेका हुन्। फिल्मीलार्इ अमेरिका र नेपालमा एकसाथ प्रदर्शनको तयारी गरेको छ। तर फिल्मको रिलिज मिति भने तय भएको छैन।
फिल्ममा इशान ढकाल, प्रवेश उप्रेती पल, नन्दिता केसी, रघु गिरी, सम्झना उप्रेती प्रियंका आयर, अन्जली लामा, राजेश गुरुङ र विषेश भूमिकामा बाबु बोगटीको अभिनय रहेको छ। फिल्मका गीतमा ओम कर्मचार्य, सौरभ तिमल्सिना र ईश्वर थापाले शब्द दिएका छन् भने बाबु बोगटी र ओम कर्मचार्यको संगीत छ।