PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

उपराष्ट्रपतिलाई गाली बेइज्जती गर्ने थपलियालाई नेपाल ल्याउने तयारी



पहिलोपोस्ट

उपराष्ट्रपतिलाई गाली बेइज्जती गर्ने थपलियालाई नेपाल ल्याउने तयारी

काठमाडौं : सामाजिक सञ्जालमा उपराष्ट्रपति नन्दबहादुर पुन तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाली बेइज्जती गर्ने धादिङ त्रिपु्रासुन्दरीका आत्मराम थपलियालाई प्रहरीले नेपाल झिकाउने प्रक्रिया अघि बढाएको छ।

जर्मनीमा रहेका थपलियाले केही समयदेखि उपराष्ट्रपति पुन तथा प्रचण्ड लगायतका व्यक्तिलाई अपशब्द प्रयोग गर्दै फेसबुकमा गाली गरेका थिए।

जर्मनीमा विद्यावारिधिका क्रममा रहेका थपलियाले सामाजिक सञ्जालमा मनपरी लेख्न थालेपछि उनलाई प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको थियो। थपलियालाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले प्रक्रिया अघि बढाएको छ। उनलाई नेपाल ल्याउन व्यूरोले उनको नाममा जारी भएको राहदानी निलम्वनका लागि विभागलाई पत्राचार गरेको छ।

थपलियालाई साइवरक्राइम अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell