
पर्साः पर्साको पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ। वडा अध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित पाँचै जना विजयी भएका हाे।
अन्सारीले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुलमान मियाँ दर्जीलाई १८५ मतको अन्तरले पराजित गरेका पटेर्वासुगौली गाउँपालिकाका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जनाकारी दिए।
अन्सारीले ४९० र दर्जीले ३०५ मत प्राप्त गरेका छन्। पटेर्वासुगौली गाउँपालिका वडा नं २ को मतगणना बिहान १० बजेदेखि सुरु भएको छ।रासस