PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

तेस्रो चरणको निर्वाचनमा ७७ प्रतिशत मत खसेको आयोगको संशोधित तथ्याङ्क



पहिलोपोस्ट

तेस्रो चरणको निर्वाचनमा ७७ प्रतिशत मत खसेको आयोगको संशोधित तथ्याङ्क

काठमाडौं : स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सोमबार प्रदेश नम्बर २ मा भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। यसअघि आयोगले करिब ७३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान सार्वजनिक गरेको थियो।  

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी)मा प्राप्त विवरण अनुसार सबैभन्दा बढी रौतहटमा मतदान भएको छ। रौतहटमा ८०.४ प्रतिशत मत खसकेको छ। यस्तै पर्सामा ८०.१, बारामा ७९.४ प्रतिशत मत खसेको छ। 

निर्वाचन आयोगका अनुसार सप्तरीमा ७६.४ प्रतिशत, सिरहामा ७७.४ प्रतिशत, धनुषामा ७३.७ प्रतिशत, महोतरीमा ७३.३ प्रतिशत, सर्लाहीमा ७६.३ प्रतिशत मत खसेको छ।  

यसैबीच, सोमबार निर्वाचन भएका १३६ स्थानीय तहमध्ये बिहान १० बजेसम्म ८९ स्थानीय तहमा मतगणना सुरु भइसकेको छ। बाँकी स्थानमा सम्बन्धित स्थानीय तहका राजनीतिक दलहरुसँग समन्वय गरेर मतगणना सुरु गर्ने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell