PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

बाराको जीतपुर सिमरामा कांग्रेस, एमाले र माओवादीबीच कडा टक्कर



पहिलोपोस्ट

बाराको जीतपुर सिमरामा कांग्रेस, एमाले र माओवादीबीच कडा टक्कर
फाइल फोटो

वीरगञ्ज : बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा कांग्रेस, एमाले र माओवादीबीच कडा टक्कर देखिएको छ।

आज विहान ५ बजेबाट शुरु भएको मतगणनामा कांग्रेस र एमाले बराबर मतमा छन् भने नेकपा माओवादी केन्द्र २ मतले मात्र पछाडी छ।

हालसम्म प्राप्त मतपरिणाम अनुसार प्रमुख पदमा ३ सय मत गणना हुँदा कांग्रेस र एमाले सय-सय मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रले ९६ मत पाएको छ।

सुरुवाती गणनामा तीनवटै दलबीच कडा प्रतिस्पर्धा देखिएको जीतपुर सिमरा उपमहानगरपालिकाका सूचना अधिकृत जनक नेपालले जानकारी दिए।

वडा नम्बर-१मा वडाध्यक्षको हकमा नेपाली कांग्रेस १ सय नेकपा एमाले ९९ र माओवादी केन्द्रको ९५ मत रहेको छ। सूचना अधिकृत नेपालले मतगणनाको अवस्था हेर्दा बदर मतको संख्या पनि उलेख्य हुनसक्ने बताए।

कतिपय मतपत्रमा एकछापे भोट हालेको देखिएको तथा कतिपयले छापै नहालीकन मतपत्र मात्र खसालेको पनि भेटिएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell