PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

विराटनगरमा ‘सुरक्षित महानगरपालिका अभियान’ सुरु, तीन महिनासम्म चल्ने



पहिलोपोस्ट

विराटनगरमा ‘सुरक्षित महानगरपालिका अभियान’ सुरु, तीन महिनासम्म चल्ने

विराटनगरः विराटनगरलाई भयरहित र सुरक्षित बनाउने उद्देश्यले ‘सुरक्षित महानगरपालिका अभियान’ सुरु गरिएको छ। 

सुरक्षा निकायको संयुक्त पहलमा असोज १ गतेदेखि तीन महिनासम्म सञ्चालन हुने अभियानको प्रमुख संयोजकमा मेयर भीम पराजुली र सहसंयोजकमा प्रजिअ रामप्रसाद आचार्य छन्। 

त्यसगरी अभियानका सदस्यमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, महानगरपालिका, नेपाल पत्रकार महासंघ र इलाका प्रहरी कार्यालयका प्रमुख छन्। 

मेयर पराजुलीले विराटनगरलाई भयरहित र सुरक्षित बनाउने उद्देश्यले अपराधका ४१ क्षेत्र छनोट गरी छ समूह गठन गरी तिनका पनि संयोजक तोकिएको जानकारी दिए। 

चोरीसँग सम्बन्धित विषयका संयोजकमा प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइराला तथा सार्वजनिक स्थानमा दुव्र्यव्यहार, यौनजन्य गतिविधि, बालबालिका र साइबर अपराध विषयका संयोजकमा प्रहरी निरीक्षक जमुना बस्नेत छन्। 

गुण्डागर्दी, चन्दा असुली, लागूऔषध दुव्र्यसन, कारोबार र वैदेशिक रोजगारमा हुने ठगी अपराध नियन्त्रणका लागि नगर प्रहरी कार्यालयका प्रमुखलाई संयोजकमा तोकिएको छ। सवारीसाधनमा भाडा ठगी, खाद्य पदार्थमा मिसावट, कालोबजारी, कृत्रिम अभाव, सरकारी कार्यालयमा हुने दलाली, अस्पतालमा हुने ठगी र मानवीय अंग बेचबिखन विषयका संयोजकमा सहायक प्रजिअ शेषनारायण पौडेल छन्। 

ट्राफिक व्यवस्थापनसम्बन्धी संयोजकमा जिल्ला ट्राफिक कार्यालयका प्रमुखलाई तोकिएको छ। 

महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाको संयोजकत्वमा सडकको नाला, फोहोरमैला, सडक तथा हटियाको व्यवस्थापन र खाल्डाखुल्डी पर्नेलगायत विषय राखिएको छ। अभियानको सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालयमा नियन्त्रण कक्ष रहने बताइएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell