
काठमाडौँः नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकको विकास तथा आर्थिक समृद्धिका लागि जनताले आफ्नो दलको नेतृत्व खोजिरहेको जिकिर गरेका छन्।
टोखा नगरपालिकाअन्तर्गत पार्टीको वडा नम्बर २ र ३ को अधिवेशनको आज संयुक्त रुपमा उद्घाटन गर्दै महासचिव पोखरेलले विगतमा एमालेले राष्ट्रियताको पक्षमा लिएको अडान तथा जनजीविकाका लागि ल्याएका कार्यक्रमले पार्टीप्रति जनताको भरोसा रहेको दाबी गरे।
पार्टीको दुवै वडाका इञ्चार्ज मनिराज डङ्गोलले स्थानीय संस्कृति, जात्रा पर्व र सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न प्रत्येक वडा एकाइ क्रियाशील हुनुपर्ने बताए।रासस