PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

सुकीलाई राष्ट्रसंघीय महासभामा जान दबाब



पहिलोपोस्ट

सुकीलाई राष्ट्रसंघीय महासभामा जान दबाब
फोटो श्रोतः thefamouspeople.com

यांगुन : म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन दबाब आएको छ। यसअघि उनले महासभामा सहभागी नहुने बताएकी थिइन्। 

तर उनकाे महासभामा सहभागी हुनु पर्ने माग विश्व समुदायबाट आएको छ। म्यानमारमा पछिल्लो समयमा यहाँका स्थानीय रोहिङ्गा समुदायका नागरिकका कारण राजनीतिक रुपमा विवाद उत्पन्न भएको छ। जसका कारण उनले भ्रमण रद्द गरेको बताइएको थियो। 

म्यानमारको रोहिङ्गा मुस्लिम समूदायका झण्डै चार लाख मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएपछि यस समुदायमाथि भएको ज्यादतीको विषयमा व्यापक विवाद सुरु भएको छ। 

म्यानमार सरकारले भने उनीहरुलाई देश छोड्न बाध्य पार्ने काम सरकारले नगरेको र यहाँका आतङ्ककारी विरुद्ध सेनाको कारबाही मात्र गरेको स्पष्ट गर्दै आएको छ। 

यस विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पनि छलफल हुने भएको छ। विवादले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई पनि विवादमा तानेको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell