PahiloPost

Jul 1, 2025 | १७ असार २०८२

सिरहामा कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरम एक/एक वडामा विजयी



पहिलोपोस्ट

सिरहामा कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरम एक/एक वडामा विजयी

लहानः सिरहामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपाल एक–एक वडामा विजयी भएका छन्। 

लहान नगरपालिका वडा नं १ मा कांग्रेस, कर्जन्हा नगरपालिका वडा नं १ मा माओवादी केन्द्र र भगवानपुर गाउँपालिका वडा नं १ का संघीय समाजवादी फोरम नेपाल आफ्नो समूहसहित विजयी भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

लहान नगरपालिका वडा नं १ का कांग्रेसका उम्मेदवार सियाराम यादव २९९ मत प्राप्त गरी विजयी भएका छन् भने कर्जन्हा नगरपालिका वडा नं १ मा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार मोहनबहादुर खत्री ३४२ मत प्राप्त गरी विजयी भएका छन्।

यसैगरी सिरहाको भगवानपुर गाउँपालिका वडा नं १ का संघीय समाजवादी फोरम नेपालका बद्रीनारायण यादव वडा अध्यक्षमा विजयी भएका छन्। 

मतगणना भइरहेको सिरहाको गोलबजार र मिर्चैया नगारपालिका, अर्नमा गाउँपालिकामा माओवादी केन्द्रले अग्रता कायम गरेको छ भने लहान, धनगढीमाई नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ। 

त्यस्तै कर्जन्हा नगरपालिकासहित विष्णुपुर र नरहा गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। सिरहाको सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell