
'द कपिल शर्मा शो' बन्द हुनुले इन्डियन कमेडियन कपिल शर्माको करियर बारे गसिप बन्न थालेको छ। शो सधैंको लागि बन्द भएको अनावश्यक हल्लाका कारण कपिल शर्मा स्वयंम प्रष्टिकरण दिन बाध्य छन्। कमेडी शोको बन्द हुनुसँग कपिलको व्यक्तित्व, स्वास्थ्य र व्यवहारलाई समेत जोड्नुले पक्कै असर गरेको छ।
बलिउड हंगामासँग कपिल भन्छन्,'मलाई थाहा छैन यो सबै कसरी भयो। सबै अप्रत्याशित रुपमा भयो। मेरो कार्यक्रम धेरै हाँसोकाे कारण बन्यो। कसैको आँखा लाग्यो सायद।' सहकर्मी सुनिल ग्रोभरसँगको विवादपछि कार्यक्रम र कपिल बारे फैलिएको हल्लाले उनी दु:खी छन्।
कार्यक्रमको टिआरपी घट्दा सोनी टिभीले कपिललाई दिएको चेतावनीपछि सुटिङ पटक पटक रद्दसमेत भयो। भने,'लाग्छ मेरो मौनताको फाइदा उठाइँदैछ।' प्रेसरको समस्या रहेको कपिल हाल आयुर्वेदिक उपचारका लागि बैंगलरमा छन्। उनले आफ्नो स्वास्थ्यमा सुधार आएमा जानकारी पनि दिए। ४० दिनको उपचारपछि उनी फर्कनेछन्। भने,'म ठिक भएर अझ बलियो टिम सहित आउने छु। पहिले स्वास्थ्यको ख्याल राखेको भए यस्तो हुँदैन थियो होला।'
सुनिल ग्रोभर र अलि अस्गर पनि कार्यक्रममा हुनेछन्। द कपिल शर्मा शो युनिक कै कमब्याक हुँदैछ। यसबारे कपिलले भने,'यो कार्यक्रम मेरोसँगै उनीहरुको पनि हो। उहाँहरुलाई घर फर्कनको लागि कसैको अनुमती चाहिन्न।'