PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

आयोगले सरकारलाई भन्यो- मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउनुस्



पहिलोपोस्ट

आयोगले सरकारलाई भन्यो- मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउनुस्

काठमाडौंः निर्वाचन आयोगले सोमबार भएको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरेको छ। 

दुई राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्ने कार्यले निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने आयोगले ठहर गरेको आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा भनिएको छ, ‘‘आचारसंहिता जारी भइसकेपछि भएको सरकारको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने, राज्यका संवैधानिक निकायबीच संवैधानिक दायित्वबमोजिमका शक्ति सन्तुलन तथा पृथकीकरणको सिद्धान्तको अवमूल्यन हुने र निर्वाचन आचारसंहिता प्रतिकूल समेत हुने भएकोले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय अविलम्ब सच्याउन आयोग सरकारसँग आग्रह गर्दछ।’ 

यसअघि भदौ २६ गते पनि आयोगले मन्त्रिपरिषद् विस्तारले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने जनाउँदै यस किसिमका कार्य नगर्न नगराउन सरकारसँग आग्रह गरेको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell