PahiloPost

May 29, 2025 | १६ जेठ २०८२

वीरगंज महानगरको मतगणना सुरु, वडा नम्बर १ र ३२ बाट गणना थालिने



राधेश्याम पटेल

वीरगंज महानगरको मतगणना सुरु, वडा नम्बर १ र ३२ बाट गणना थालिने

वीरगंज : वीरगंज महानगरपालिकाको मतगणना मंगलबार दिउँसोदेखि बल्ल शुरु भएको छ। हिजै रातिदेखि मतगणना गर्ने भनिए पनि आज दिउँसो बल्ल मतगणना सुरु भएको हो। 

महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना गर्न शुरु गरिएको मुख्य निर्वाचन अधिृत विष्णु सुवेदीले जानकारी गराए। सुरुमा मतपेटिकाको सिल फुटाएर पत्र पट्याउने काम भएको र त्यसको केही समयमा मतगणना शुरु गरिने उनले बताए।

मतगणनाको लागि चाहिने आवश्यक पूर्व तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्न नसेकोले महानगरको मतगणनामा ढिला भएको हो।

३२ वटा भएको महानगरमा एक लाख ८ हजार ५ सय मतदाता छन्। करिब ७३ प्रतिशतको हिसाबले वीरगंज महानगरमा ८० हजार मत खसेको अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell