PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सउल ओलम्पिक पार्कभित्र नेपथ्यको कन्सर्ट



पहिलोपोस्ट

सउल ओलम्पिक पार्कभित्र नेपथ्यको कन्सर्ट

काठमाडौं: सांगीतिक ब्यान्ड नेपथ्यको आगामी कन्सर्ट दक्षिण कोरियाली राजधानी सउलमा हुने भएको छ। असोज १८ गते बुधाबार (४ अक्टोबर)मा ओलम्पिक पार्कमा उनीहरुले प्रस्तुती दिने भएका हुन्।

सउलमा हुने नेपथ्यको यो पाँचौ कन्सर्ट हो। कोरियाको सबैभन्दा ठूलो पर्व ‘चुसोक’को अवसरमा त्यहाँ रहेको ‘कास्की परिवार’ले नेपथ्यको कन्सर्ट आयोजना गरेको हो। कृषिमा आधारित यो पर्वमा तीन दिन सार्वजनिक विदा हुने गरेको छ। नेपालस्थित दक्षिण कोरियाली दूतावासका अनुसार यतिबेला त्यहाँ इपिएस योजना अन्तर्गत चालिस हजारभन्दा बढी नेपाली कामदार कार्यरत छन्। भने,'उनीहरुका लागि सांगीतिक जमघटको राम्रो मौका हो यो।'

सन् २००५ मा सउलम पहिलोपटक प्रस्तुती दिए यता सउलले निरन्तर नेपथ्यलाई निम्त्याउँदै आएको छ ब्याण्डको मिडियो संयोजक रहेका अर्पण शर्माले बताए। दक्षिण कोरियाको यो सांगीतिक भ्रमणमा मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell