PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न राष्ट्रपतिको आग्रह



पहिलोपोस्ट

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न राष्ट्रपतिको आग्रह

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझ माथि उकास्नका लागि ध्यान दिन सरकार, विद्यालय तथा अभिभावकलाई आग्रह गरेकी छन्। 

कालीमाटी टंकेश्वरस्थित नीलबाराही माविको हीरक महोत्सव तथा नवनिर्मित विद्यालयको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर माथि उठेमा मात्र समग्र देशको शिक्षाको स्तर माथि उठ्ने बताइन्।

उनले समुदाय मिलेर शैक्षिक उन्नयनका क्षेत्रमा काम गरेमा राम्रो प्रतिफल पाउन सकिने कुराको राम्रो उदाहरण बनेकामा विद्यालय परिवारलाई धन्यवाद दिइन्। 

कार्यक्रममा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले वर्तमान सरकारले शिक्षा क्षेत्रामा आमूल सुधार गर्न नयाँ शिक्षा नीति तर्जुमा गर्न लागेको जानकारी दिए।  शिक्षामन्त्री श्रेष्ठले व्यावहारिक शिक्षाका लागि सूचना प्रविधिको अत्याधिक प्रयोग गर्नुपर्ने बताए।

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले सामुदायिक विद्यालयलाई राजनीतिभन्दा माथि उठाउन सकिएमा मात्र यसको शैक्षिकस्तर माथि उठ्ने बताए। 

विसं २०१० मा आजकै दिन समाजसेवी मुक्तिलाल झाले आफ्नै पैतृक सम्पत्ति विद्यालयका नाममा प्रदान गरी २५ जना अत्यन्त न्यून आय भएका विद्यार्थीबाट पठनपाठन सुरु गरेको यस विद्यालयमा अहिले एक हजार छात्रछात्रा अध्ययनरत छन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell