PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

नारायणकाजीले भने - निर्वाचन नजिते परिवर्तनका एजेण्डा धरापमा पर्छ



पहिलोपोस्ट

नारायणकाजीले भने - निर्वाचन नजिते परिवर्तनका एजेण्डा धरापमा पर्छ

काठमाडौं :  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीको अवस्था सुधार्न सबैले मेहनत गर्नु पर्ने बताए। 

गोरखा–काठमाडौं संघीय जनसम्पर्क मञ्चले आयोजना गरेको दशैँ, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रममा श्रेष्ठले अबको अर्जुनदृष्टि जसरी पनि प्रदेश र प्रतिनिधि सभा चुनाव जित्ने हुनुपर्ने भने।

अबकाे चुनाव माओवादीले जित्न नसके जनताको मनोबल खस्ने र परिवर्तनका एजेण्डा धरापमा पर्ने बताए।

उनले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पराजयबारे समीक्षा गर्दै नीति कार्यक्रम तथा योजना बनाउनु पर्नेमा जोड दिए। 

स्थानीय चुनावमा पार्टीको सबैभन्दा ठूलो कमजोरी संगठन निर्माण र परिचालनमा देखिएको भन्दै नेता श्रेष्ठले सबै माओवादी नेता एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औँल्याए। 

पार्टीमा हुँदै नभएको मतभेद सिर्जना गरेर कसैले एकता भाँड्ने र पार्टी कमजोर पार्ने षडयन्त्र गरेमा कार्यकर्ताले ठीक लगाउनुपर्ने उनको भनाइ थियो। 

अर्का नेता हितराज पाण्डेले आगामी निर्वाचनका लागि पार्टीले अहिल्यैदेखि कार्यकर्ता परिचालन र आवश्यक तयारी गर्नुपर्ने बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell