
काठमाडौः प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा सप्तरीको राजविराज नगरपालिकाबाहेक सबै स्थानीय तहमा मतगणना भइरहेको छ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरण अनुसार, १३६ स्थानीय तहमध्ये १३५ वटा स्थानीय तहको मतगणना जारी छ।
राजविराज नगरपालिकाको वडा नम्बर १५ का राष्ट्रिय जनता पार्टीका वडा अध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुने निर्वाचन आयोगले जनाएको छ।