PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

तनहुँको मादीसेती नदीले बगाएर एक बेपत्ता, एकको जीवितै उद्धार



पहिलोपोस्ट

तनहुँः तनहुँको मादीसेती नदीको संगमस्थल नजिकै आज दिउँसो पौडी खेल्न गएका एक बालक बगाएर बेपत्ता भएका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ । 

नदीले बगाएर बागलुङ घर भई हाल व्यास–३ स्थित महर्षि वेदव्यास संस्कृत मावि कक्षा ९ मा अध्ययनरत १४ वर्षीय चिरञ्जीवी पौडेल बेपत्ता भएका हुन्। 

पौडी खेल्न गएका नवलपरासी डण्डा घर भई हाल सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत अभिषेक अर्याललाई भने प्रहरी र स्थानीयको सहयोगमा सकुशल उद्दार गरिएको छ। 

उनको दमौली अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको बताइएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell