PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

दुई नम्बर प्रदेशकाे चुनावमा कुन दल कति अगाडि?



पहिलोपोस्ट

दुई नम्बर प्रदेशकाे चुनावमा कुन दल कति अगाडि?

काठमाडौं : स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का आठ जिल्लामा सोमवार सम्पन्न १ सय ३६ स्थानीय तहमध्ये राजविराजबाहेक सबैतिर मतगणना जारी छ। 

पहिलोपोस्टलाई प्राप्त जानकारी अनुसार मतगणना भएको स्थानमा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ। नेकपा एमालेले कांग्रेसलाई पछ्याएको छ भने माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी पनि कडा प्रतिस्पर्धा गरिरहेका छन्।  

नेपाली कांग्रेसले १८ स्थानमा अग्रता कायम राखेको छ। नेकपा एमाले ९ स्थानमा, माओवादी केन्द्र र राजपा ६\६ स्थानमा अग्रता जोगाएका छन्। अन्य स्थानीय तहमा भने संघीय समाजवादी फोरम लगायतका दलहरुले अग्रता लिएका छन्। 

मतदानकाे एक मात्र महानगरपालिका वीरगञ्जमा मतगणना शुरु मात्र भएको छ। जितपुर सिमरा उपमहानगरपालिकामा मेयर पदमा नेकपा एमालेका कृष्ण पौडेल अगाडि छन्। सिराहामा माओवादी केन्द्र तीन स्थानीय तहमा अगाडि छ। कांग्रेस र एमाले दुई दुई तहमा अगाडि छन्। रौतहटमा कांग्रेस माओवादी तीन तीन स्थानमा अगाडि हुँदा एमाले र राजपा दुई स्थानमा रहेका छन्। पर्सामा ४ स्थानीय तहमा एमाले अगाडि छ भने कांग्रेस र माओवादी १\१ स्थानमा अगाडि छन्। बारामा भने कांग्रेस र मधेशवादी दलबीच कडा प्रतिस्पर्धा देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell